
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।
आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।
आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ । मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी राष्ट्रिय टिमका नियमित सदस्य थिए ।