नेपाल विद्युत् प्राधिकरणले ४२ अर्बभन्दा बढी बक्यौता उठाउन छाडेर १० अर्ब रूपैयाँ ऋण लिने भएको छ । प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै आफ्नो खातामा मौज्दात नै नभएकाले अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाइएको बताएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको चालु खातामा २ अर्ब रूपैयाँ मात्रै रहेकाले १० अर्ब रूपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकेको उहाँको भनाइ थियो ।
प्राधिकरणले लिने अल्पकालीन ऋणको ब्याज महंगो हुन्छ । तर पनि लिनै पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सार्वजनिक गरिएको श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।
आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिएपनि चालु आर्थिक वर्षको फागुनसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ ।
प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो । यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ ।
आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक श्वेतपत्रमा छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाको सम्भावित दायित्व २०८१ फागुनसम्म ८ अर्ब ४० करोड पुगेको छ ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल…
पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…