काठमाडौं। भारतीय सुरक्षाकर्मीहरूले जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा संलग्न रहेको आशंकामा तीन जना आतंकवादीको स्केच सार्वजनिक गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार, उनीहरूको कोड नाम मुसा, युनुस र आसिफ रहेको छ।
हालसम्म उक्त हमलामा २८ जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश पर्यटक रहेका छन्। मारिएका मध्ये एक नेपाली नागरिक सुदीप न्यौपाने पनि परेका छन्। भारतीय सुरक्षा एजेन्सीका अनुसार, पहिचान भएका तीन आतंकी आसिफ शैख, सुलेमान शाह र अबु तलाह पाकिस्तानी आतंकवादी समूह लस्कर-ए-तोयबासँग आबद्ध रहेको पुष्टि भएको छ।
बाँकी दुई जना हमलावारको पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।रिपोर्टअनुसार, ती आतंकवादीहरूले एके-४७ राइफल बोकेर पर्यटकहरूलाई नाम सोधी-सोधी हिन्दू पहिचानका आधारमा निशाना बनाउँदै गोली चलाएका थिए।घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ, र भारतभरि विशेष सतर्कता अपनाइएको छ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल…
पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…