मेष । निडर साहस र पराक्रम तपाईंको कार्यक्षेत्रमा झल्किने छ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। व्यर्थको वाद विवादबाट जोग्गिनुहोला। भाइबहिनीहरूसंग राम्रो सहयोगको प्राप्तिको योग छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष । आफन्तहरूको सलाहले कार्यक्षेत्रमा राम्रो निर्णय दिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमले धेरै कार्यहरू सम्पादन हुनेछन्। स्वास्थ्य सम्बन्धी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । उत्साह मा वृद्धि हुनेछ। पारिवारिक विषयवस्तुमा कुनै विवाद चलिरहेको थियो भने सुल्झिनेछ। पशुपालन वा कृषिबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । पारिवारिक खर्चमा नियन्त्रण राख्नुहोस्। व्यापार व्यवसायमा अति आवश्यकता भएमा मात्रै थप लगानी लगाउनुहोला। प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह । कार्यक्षेत्रमा सकेसम्म कुनै पनि कार्य अधुरो नछोड्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। भावनात्मक सम्बन्ध सुमधुर रहनेछ। परिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
कन्या । नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सम्मान मिल्नेछ। माताको स्वास्थ्य सम्बन्धी समस्याले मन अशान्त रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
तुला । सुख र धनको प्राप्ति हुनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्। पारिवारिक जीवनमा सामान्य उतारचढाव रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
धनु । कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ। भ्रमणको कोरूपरेखा बन्नेछ। कार्यक्षेत्रमा माननीय जनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर । इष्टमित्रको सहयोगले कठिन कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आयक्षेत्र सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सलाह लिनुहोस्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मीन । पारिवारिक वातावरण सुखमय रहनेछ। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यलाई ध्यान दिनुहोस्। आफ्नु कतै पायक पर्ने ठाउँमा समय बित्नेछ। वैदेशिक कार्यमा रुकावट आउनेछ। व्यक्तिगत लेनदेनमा सतर्क रहनुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल…
पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…