Categories: Uncategorized

आज – २४ बैशाख २०८२ बुधवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। अत्यावश्यक कुरामा नै आफ्नो प्रतिक्रिया दिनुहोस्। आफन्तको प्रतिभाले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हजुरले गरेको शुभ कार्यको चर्चा हुनेछ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। सन्तान वा शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्य सामान्य र मनमा स्थिरता रहला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा वृद्धि हुनेछ। मनमा दुविधा उत्पन्न भए जानकारको सल्लाह लिनुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। यात्रा अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। शारीरिक ऊर्जामा वृद्धिको लागि योग र व्यायामको सहारा लिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। शैक्षिक योग्यताले समाजलाई दिशा निर्देशन गर्नुपर्ला। हतारमा निर्णय नलिनुहोला। समयक‍ो गम्भीरतालाई बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष सबल रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत वा कलाको क्षेत्रमा सफलता मिल्ला। परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायभन्दा सेवा मुलुक कार्यमा सफलता मिल्नेछ। पिताको सहयोगले बिगरिको कार्य बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो सहयोग दिनेछन्। धर्मकर्ममा र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। अध्ययन अध्यापनमा सफलता पाइनेछ। सानो खर्चले ठूलो लाभ लिन सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धामा सफलता पाइनेछ। नयाँ नोकरीको अवसर मिल्नेछ। नोकरी वा पेशामा आफ्नो योग्यताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

ExpressCombo

Recent Posts

आज – २७ बैशाख २०८२ शनिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…

4 months ago

भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति

पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…

4 months ago

आज – २३ बैशाख २०८२ मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…

4 months ago

धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…

4 months ago

आदिलको प्रतिबन्ध फुकुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…

4 months ago

आज – २२ बैशाख २०८२ सोमवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा विवेक वा समझदारीले…

4 months ago